नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण, एकै दिन थपिए १० संक्रमित

नेपालगञ्जका ९ जनामा कोरोना संक्रमण, एकै दिन थपिए १० संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पुनः ९ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि पर्साका एक जनामा कोरोना संक्रमण पाइएसँगै आज एकैदिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ६९ पुगेको छ । जसमध्ये १६ जना निको भएर घर फर्किएका छन् ।

र यो पनि

वीरगञ्जमा एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो