काठमाण्डु उपत्यकामा भेटिए १६८ जना कोरोना संक्रमित

काठमाण्डु उपत्यकामा भेटिए १६८ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितमध्ये काठमाण्डुमा १३९ , ललितपुरमा १५ र भक्तपुरमा १४ जना रहेको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ५ सय ८१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ पुगेको छ ।

त्यस्तै काठमाण्डु उपत्यकामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाण्डुकी ५८ वर्षीया महिलाको कोरोनाा कारण मृत्यु भएको डा. गौतमले जानकारी दिए ।