नेपालमा २४ घण्टामा थपिए १ हजार १६ जना संक्रमित

नेपालमा २४ घण्टामा थपिए १ हजार १६ जना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलोपटक यति धेरै संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको जानकारी दिए ।

डा. गौतमले सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ६३ पुगेको जानकारी दिए । होम आइसोलेसनमा रहनेहरुको संख्या २ हजार ६ सय १ रहेको छ । यस्तै क्वारेण्टाइनमा १३ हजार ९ सय २६ जना रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८५ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ५ सय ८० जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

पछिल्लो  २४ घण्टामा १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।