७ सय ७ जना कोरोना संक्रमित थपिए, २६४ जना डिस्चार्ज

७ सय ७ जना कोरोना संक्रमित थपिए, २६४ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २६३ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा १७ हजार ९ सय ६४ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

विगत २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ५ सय ५५ छ ।

पछिल्ले २४ घण्टामा नेपालमा ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।