नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो, २१ हजार डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या ३९ हजार नाघ्यो, २१ हजार डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ८८ जना संक्रमित निको भएका छन् भने अहिलेसम्म नेपालमा २१ हजार ४ सय २२ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार १ सय २१ रहेको छ । विगत २४ घण्टामा ११ हजार १ सय २९ जनाको पिसिआर परीक्षण भएको छ ।

यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय २२ रहेका छन् । डा. गौतमले ७ हजार ३ सय ३७ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय २८ पुगेको छ ।