नेपालमा एकैदिन थपिए १२२८ कोरोना संक्रमित, ९ सय १७ जना डिस्चार्ज

नेपालमा एकैदिन थपिए १२२८ कोरोना संक्रमित, ९ सय १७ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २४ हजार २ सय ७ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ७ सय ४२ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेका छन् । पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ पिसिआर परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय ५७ पुगेको छ ।

र यो पनि

काठमाण्डु उपत्यकामा थपिए ४ सय ४५ जना कोरोना संक्रमित