काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ सय १४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २८ हजार ९ सय ४१ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
होम आइसोलेसनमा रहनेहरुको संख्या ७ हजार ८ सय २६ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेका छन् ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुको संख्या ४ हजार ७ सय ३ रहेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा थप९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या दुई सय ८९ पुगेको छ ।




प्रतिक्रिया