२४ घण्टामा थपिए ९ सय २ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ३२ हजार नाघ्यो

२४ घण्टामा थपिए ९ सय २ जना कोरोना संक्रमित, डिस्चार्ज हुनेको संख्या ३२ हजार नाघ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ३२ हजार ९ सय ६४ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

होम आइसोलेसनमा रहनेहरुको संख्या ६ हजार ८ सय १५ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ६ सय ११ पिसिआर परीक्षण गरिएको छ । क्वारेन्टाइनमा रहनेहरुको संख्या ५ हजार ३ सय १० रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ६ पुगेको छ ।