काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४६ हजार २ सय ३३ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
यस्तै सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ जना रहेका छन् । त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या सात हजार ४ सय ५१ रहेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ पिसिआर परीक्षण गरिएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या चार सय ११ पुगेको छ ।




प्रतिक्रिया