नेपालमा हालसम्मकै धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए

नेपालमा हालसम्मकै धेरै २७ सय २२ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ७ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६० हजार ६ सय ९६ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए । सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या ११ हजार ७ सय ६० रहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय २० पुगेको छ ।

र यो पनि

काठमाण्डु उपत्यकामा थपिए १६३८ जना कोरोना संक्रमित