काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ६७ हजार ५ सय ४२ जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।
सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको छ । होम आइसोलेसनमा रहनेहरुहरुको संख्या १३ हजार ५ सय ९१ रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या पाँच सय ६३ पुगेको छ ।




प्रतिक्रिया