सरकारले चीनबाट फर्काइने विद्यार्थीको निगरानीमा ६० जना चिकित्सक खटाउने

सरकारले चीनबाट फर्काइने विद्यार्थीको निगरानीमा ६० जना चिकित्सक खटाउने


काठमाडौं – सरकारले चीनबाट ल्याइने नेपाली विद्यार्थीको निगरानीमा ६० जना बढी स्वास्थ्यकर्मी खटाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सक, पाइलट तथा अन्य कर्मचारीलाई आज (सोमबार) ओरिन्टेसन तालिमसमेत दिन लागको छ ।

चीनको कोरोना भाइरसको उच्च संक्रमण रहेका वुहानबाट १८० जना नेपाली विद्यार्थी नेपाल फर्काईंदै छ । मन्त्रालयले ओरिन्टेसनमा डाक्टर नर्स, प्यारामेडिक्सबाहेक एम्बुलेन्स चालकहरू समेत सहभागी हुने र आजै ओरिन्टेसन सकिने बताइएको छ ।

तालिम लिएकाहरूलाई विमानस्थलको पार्किङ क्षेत्रमा बनाइने हेल्थ डेस्कमा चीनबाट आउनेहरूको स्क्रिनिङ गर्न, चीनबाट ल्याएर राखिने क्वारेन्टाइनमा हेरचाह गर्न खटाइने बताए । त्यसका लागि नेपालबाट हवाईजहाज चार्टर गरी चीन पठाउने र नेपालीहरू ल्याइने बताइएको छ ।