कोरोना संक्रमितको संख्या २९ सय १२ पुग्यो


काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । आज २७८ जना नयाँ संक्रमित थप भएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरेर पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोभिड– १९ पुष्टि भएको हो । प्रवक्ता डा। विकास देवकोटाले उनीहरूमध्ये २ सय ६७ जना पुरुष र ११ जना महिला रहेकोब ताए ।

कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या ३ सय ३३ पुगेको छ । त्यस्तै ११ जनाको मृत्यु भएको छ । ६८ जिल्लामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement