कोरोना संक्रमित युवतीसँग नेपाल आएका १२५ जनाको पहिचान खुल्यो

कोरोना संक्रमित युवतीसँग नेपाल आएका १२५ जनाको पहिचान खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएका एक सय २५ यात्रुको पहिचान भएको छ । कोरोना संक्रमित १९ वर्षीया युवतीसँगै जहाजमा आएकामध्ये एक सय २५ यात्रुको पहिचान भएको हो ।

प्रहरीका अनुसार चैत ४ गते कोरोना संक्रमित युवती आएकै कतार एयरवेजको जहाजमा उनीहरु नेपाल आएका थिए । नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार ती युवतीसँगै आएका यात्रुको विवरण प्रहरीले अध्यागमनसँग मगाएको थियो ।

सोही अनुसार अध्यागमनले एक सय ५८ जनाको नाम सूची पठाएको उनले बताए । ती मध्ये एक सय २५ जनाको ठेगाना प्रहरीले पहिचान गरिएको हो । ‘उनीहरुको ठेगानाअनुसार स्थानीय प्रहरी र प्रशासनको सहयोगमा सेल्फ क्वोरेन्टाइनमा राख्ने तयारी भइरहेको छ’, प्रवक्ता क्षेत्रीले भने, ‘सेल्फ क्वारेन्टाइनमा बसेरनबसेको अनुगमनम प्रहरी र स्थानीय प्रशासनले गर्नेछ ।’

क्वारेन्टाइनमा राख्नुभन्दा पहिला उनीहरु सबैको स्वास्थ्य जाँचसमेत अनिवार्य गरिने प्रहरीले जनाएको छ । यसका लागि प्रहरी प्रधान कार्यालयले उनीहरुको ठेगाना भएको स्थानीय प्रहरीलाई पत्राचार गर्ने तयारी सुरु गरेको छ । बाँकी अन्य यात्रुको समेत ठेगाना पत्ता लगाउने कोसिस भइरहेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका कोही व्यक्ति भए नजिकैको प्रहरी कार्यालय तथा स्वास्थ्य संस्थामा समेत सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ । चैत ४ गते काठमाडौं उत्रिएकी ती युवतीको चैत ९ गते कारोना संक्रमण भएको पुष्टि भएको थियो ।