बांके- नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार विज्ञप्ती जारी गर्दै थप ७ जनामा संक्रमण भएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीकाअनुसार नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणको नतिजाले नेपालगन्ज ८ का चार महिला र तीन पुरुषमा कोरोना संक्रमण रहेको पुष्टि भएको हो ।
नेपालगंजमा अहिलेसम्म २३ जनामा कोरोना संक्रमित देखिसकेका छन् । आइतबार मात्र त्यहाँ एकै पटक १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने यसअघि शुक्रबार एक जना कोरोना संक्रमित देखिएका थिए। यीसमेत गरेर नेपालगन्जमा मात्रै २३ जना कोरोना संक्रमित भएका छन्।
मंगलवार देखिएका कोरोना संक्रमित ९, ३२, ३४ र ५५ वर्षका चार महिला र २२, ३० र ४० वर्षका तीन पुरुष रहेका छन् । योसंगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ पुगेको छ।




प्रतिक्रिया