काठमाण्डु – पर्सामा सुरक्षाकर्मीसहित ७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै पर्सामा संक्रमितको संख्या ५ सय ८० पुगेको छ ।
सोमबार वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ६१ जना पुरूष र १२ जना महिलामा संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
संक्रमित हुनेमा प्रहरीका दुई जना, सेनाका एक जना, पत्रकार एक जना, वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका पाँच जना, बारा जिल्लाका पाँच जना र भारतीय नागरिक एक जना छन् ।
त्यस्तै संक्रमित र मृतकको संख्या बढेपछि पर्सामा आजदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ । पर्सामा नेपाली सेनासमेत परिचालन गरिएको छ ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जारी गरेको सूचनामा निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ ।




प्रतिक्रिया