वीरगन्जका मेयरका परिवारसहित पर्सामा ४५ जना कोरोना संक्रमित थपिए

वीरगन्जका मेयरका परिवारसहित पर्सामा ४५ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीका दुई जना परिवारसहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले जानकारी दिए ।

संक्रमितमध्ये ४३ जना वीरगन्ज महानगरपालिका, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा रहेका छन् ।

त्यस्तै आज कोरोना संक्रमण पुष्टि भएकामध्ये मेयरका चार जना कर्मचारी पनि रहेका छन् । मेयर सरावगी पनि कोरोनाबाट संक्रमित छन् । उनी काठमाण्डुकै एक अस्पतालमा उपचाररत रहेका छन् ।