काठमाडौंमा तीन जनामा कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

काठमाडौंमा तीन जनामा कोरोनाको आशंका, पाटन अस्पताल भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा तीन जनामा कोरोना पोजिटिभ देखिएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।

उनीहरुलाई अहिले पाटन अस्पतालमा भर्ना गरिएको छ । उनीहरुको पीसीआर गर्नका लागि पठाइएको छ ।

उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो । अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको छ ।