भक्तपुरका प्रहरी जवानलाई कोरोना संक्रमण, १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखियो

भक्तपुरका प्रहरी जवानलाई कोरोना संक्रमण, १२ जना प्रहरीलाई क्वारेन्टाइनमा राखियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर महानगरीय प्रहरी परिसरमा कार्यरत एक जवानलाई कोरोना संक्रमण भएपछि त्यहाँका अन्य १२ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ।

प्रहरी परिसरको सञ्चार कक्षमा कार्यरत प्रहरी जवानलाई कोरोना भाइरसको संक्रमण भएको हो । भक्तपुरकै चाँगुनारायण नगरपालिका घर भएका ३२ वर्षीय उनलाई संक्रमण पुष्टि भएपछि त्यहाँ कार्यरत अन्य १२ प्रहरीलाई क्वारेन्टाइनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

‘सञ्चार कक्षलाई सिल गरेका छौं, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको क्वारेन्टाइनमा राखेका छौं,’ उनले भने, ‘परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौं ।’ क्वारेन्टाइनमा राखेका प्रहरीको आज स्वाब संकलन गरी कोरोना परीक्षणका लागि आज प्रयोगशाला पठाइने उनले जानकारी दिए ।

संक्रमित प्रहरी जवानको परिवारका सदस्यको पनि स्वाब संकलन गरिने छ । ती प्रहरी जवानलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब संकलन गरी पीसीआर जाँचका लागि पठाइएको थियो । बुधबार संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।