काठमाण्डु – प्रदेश नम्बर २ मा शुक्रबार १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालमा गरिएको परीक्षणमा प्रदेश २ का चार जिल्लाबाट १५९ जना संक्रमित थपिएका हुन् ।
सप्तरी, पर्सा, बारा र रौतहटका गरी १५९ जनामा कोरोना पुष्टि भएको हो । ४ जना बारा, ४ जना रौतहट र बाँकी सबै पर्साका रहेका छन् ।
त्यस्तै सप्तरीमा दुई जना महिलासहित १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु ८ वर्षीय बालकदेखि ७९ वर्षको वृद्ध सम्म रहेका छन् ।
नारायणी बयोधा अस्पताल गण्डकका ५ जना डाक्टरसहित १४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै नेपाली सेनाका ५ जना सैनिक पनि संक्रमित छन् ।




प्रतिक्रिया