कोरोनाको त्रासः राज्य व्यवस्था समितिको बैठक स्थगित

कोरोनाको त्रासः राज्य व्यवस्था समितिको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम बनाएपछि २५ जनाभन्दा बढी सदस्य रहेको समिति बैठक स्थगित भएको हो ।

सांसदहरुले सरकारले बनाएको नियम नै पालना नभएको भन्दै आपत्ति जनाएपछि बैठक स्थगित भएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद दिलेन्द्र बडु, डिला संग्रौलाले सरकारले गरेको निर्णय कार्यान्वयन नगरेको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक स्थगित भएको थियो ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने माग राखेपछि बैठक स्थगित भएको हो ।