काठमाण्डु – कोरोना भाइरसबाट संक्रमित भएका सांसदहरुले मतदान गर्न पाउने भएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विश्वासको मत लिँदैछन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई मतदानमा सहभागी हुने व्यवस्था मिलाउने निर्णय गरेको हो ।
हालसम्म २५ जना भन्दा बढी सांसदलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संक्रमित सांसदहरुलाई छुट्टै मतदानको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।




प्रतिक्रिया