प्रतिनिधि सभाका १५ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

प्रतिनिधि सभाका १५ जना सांसदलाई कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाका १५ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उनीहरुसंग जोडिएका अरु १५ जना कर्मचारीलाई पनि संक्रमण पुष्टि भएको छ ।

आगामी २७ बैशाखका लागि डाकिएको संसदको विशेष अधिवेशनमा सहभागी हुनका लागि संघीय संसदले प्रतिनिधि सभाको १ सय ९५ जना सांसद सहित १ हजार १सय ३४ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

त्यसमध्ये अहिलेसम्म करीब ६ सय जनाको रिपोर्ट सार्वजनिक भएको हो । बुधबार र विहीबार गरी १ हजार १३४ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको थियो । त्यसमध्ये करीब ६ सय जनाको रिपोर्ट आइसकेको छ ।

त्यसमा १५ जना सांसद र १५ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ । बाँकीको रिपोर्ट भने आज दिउँसोसम्ममा प्राप्त हुने संघीय संसदका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।