काठमाण्डु – पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार १५ हजार एक सय ७९ नमुना परीक्षण गर्दा एक हजार पाँच सय ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे हो ।
नेपालमा संक्रमणको दर १९ दशमलव २ प्रतिशत पुगेको छ । सक्रिय संक्रमित २५ हजार सात सय ७२ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र दुईभन्दा बढी संक्रमित हुने जिल्ला २२ पुगेका छन् ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट निको भई पछिल्लो २४ घण्टा एक हजार ६ सय ८९ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ४५ हजार दुई सय १५ कोरोनामुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५ दशमलव ३ प्रतिशत छ । यस्तै संक्रमणबाट विगत २४ घण्टामा ११ जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार दुई जनाको निधन भएको छ ।




प्रतिक्रिया