काठमाण्डु – पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर गरिएको २ हजार २ सय ३८ पिसिआर परिक्षणका क्रममा ३० जना र २ हजार ८ सय २४ एन्टीजेन परिक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयको भनाई छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ५० जनाको मृत्यु भएको छ ।




प्रतिक्रिया