साेमबार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८९ जना डिस्चार्ज

साेमबार ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ८९ जना डिस्चार्ज

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपालमा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०५९ जनामा गरिएको नमूना परीक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ८९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ घण्टामा कसैको मृत्यु भएन ।

नेपालमा कोराना सङ्क्रमण दर १७ दशमलव छ प्रतिशत छ । हाल होम आइसोलेसनमा ८०६, संस्थागत आइसोलेसनमा ३६, आइसियुमा १५ र भेन्टिलेटरमा दुई जनाको उपचार भइरहेको छ । विगत २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका थिए ।