सिरहामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु


सिरहा – सिरहामा काेराेना सङ्क्रमणबाट एक पुरूषकाे मृत्यु भएकाे छ । मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको हो ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा उनको सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement