प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्दा आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए ।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए । उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन् ।

मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् । यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन् । उनको स्वास्थ्यावस्था पनि सामान्य छ ।