थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टि, १८७ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १७९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८१६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै १८७ जना संक्रमितको मृत्यु भएको छ ।

योसंगै नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ४८५६ पुगेको छ । यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७ सय ४० पुगेको छ। ६७५ जना क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५४५५ संक्रमित निको भएका छन् ।