काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १० हजार ६सय ३५ पीसीआर र ४ हजार २सय ८५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कुल संक्रमितको संख्या ६ लाख ७९ हजार १७ पुगेको छ। यस्तै सोही समयमा थप २ हजार १सय ९७ संक्रमित निको भएका छन्। योसँगै हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ४१ हजार ५सय ६५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६सय ९५ पुगेको छ।




प्रतिक्रिया