कोरोना संक्रमितको सेवामा खटिने ‘कोभिड विशेष नर्स समूह’

कोरोना संक्रमितको सेवामा खटिने ‘कोभिड विशेष नर्स समूह’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोभिड–१९ को दोस्रो लहरमा देखिएको नयाँ भेरियन्ट निकै आक्रामक रुपमा देखिएको छ । यो भेरियन्टले दुत्र गतिमा धैरे व्यक्तिलाई संक्रमित बनाई छोटो समयमा मान्छेको ज्यान नै लिएको छ । अस्पतालमा अक्सिजन तथा शैयाको अभाव उस्तै छ भने, स्वास्थ्यकर्मीहरु भोक प्यास निद्रा नभनेर संक्रमितको उपचारका लागि रातदिन खटिएका छन् ।

उता संक्रमित भई होम आइसोलेशनमा बसेका सक्रिय संक्रमितको ९० प्रतिशत संक्रमितलाई कोरोनाको त्रास तथा अज्ञानता छ । अहिले भयावह अवस्थामा कोरोना माहामारी नियन्त्रण तथा निवारण गर्न सहयोग पुगोस भन्ने हेतुले नर्सिङ प्राध्यापक र अध्ययनरत विधार्थीको २२ जना नर्सको समुहले वैशाख २६ गते दुर्गा सापकोटाको संयोजकत्वमा कोभिड विशेष समुह गठन गयौं ।

अध्ययन,अध्यापन वा अन्य कुनै कारणले अस्पतालमा गएर हामीले सेवा दिन नसकेपनि यो संकटको समय अस्पताल बाहिरबाट पनि सेवा दिन सकिन्छ भन्ने सोचले यो समुह निमार्ण गर्यौ । हाम्रो यो एउटा सानो प्रयासले अस्पतालमा खटिरहेका हाम्रा स्वास्थ्यकर्मी तथा कोरोनाको त्रासले बसेका संक्रमित र आमजनतालाई केहि सहज हुने हाम्रो विश्वास रहेको छ । त्यस्तै हामीले कोभिड विरुद्ध अग्रपन्तिका स्वास्थ्यकर्मीको उच्च मनोबल र आत्मविश्वास बनाई राख्न भर्चुअल माध्यमबाट मोटिभेसन पनि गर्दछौं ।

नर्सिङ प्राध्यापक र अध्ययनरत विधार्थीको समुुहले सातै प्रदेशमा परमार्शकर्ता प्रदेश संयोजक तोकी टेलिफोन,फेसबुक म्यासेन्जर,भाइबर,वाटसब लगायतका माध्यमबाट कोभिड–१९का बारेमा निशुल्क परामर्श सेवा दिइरहेका छौं, । यस समुहका परामशकर्ताले कोभिडबाट कसरी बच्ने के कस्ता सावधानी अपनाउने, यदी संक्रमण भएको अवस्थामा कसरी व्यवस्थापन गर्ने, होम आइसोलेशन बस्दा आफु कसरी सुरक्षित हुने परिवारका अन्य सदस्यलाई कसरी जोगाउने, कस्तो खाना खाने, कस्तो अवस्थामा अस्पताल जाने जस्ता परमार्श दिदै आएका छन् ।

नेपाल एक बहुभाषिक मुलुक भएकाले सबै प्रदेशमा कुनै भाषिक समस्या आउन नदिन स्थानीय परामर्शकर्ता तोकेका छौ । यदी कुनै संक्रमितलाई अक्सिजन, एम्बुलेन्स तथा अस्पतालमा शैयाको अवश्यकता परेमा हामि सहयोग गछौं ।

हाम्रो कोभिड विशेष नर्स समुह सातै प्रदेशमा सक्रिय छन । यस समुहले हालसम्म सातै प्रदेशमा ५ सय भन्दा बढीलाई परामर्श दिइसकेको छ । त्यस्तै बाग्मती प्रदेशका चितवन, काठमाडौं, भक्तपुर, ललितपुर, दोलखा धादिङ,काभ्रेपलाञ्चोक,सिधुली, आदी जिल्लाहरुबाट १५० भन्दा बढी व्यक्तिहरुले परामर्श लिइ सकेका छन् । यो समुहले भविष्यमा सातै प्रदेशका स्थानीय तहमा विभिन्न स्वास्थ्यसम्बन्धी परामर्श तथा जनचेतना दिने योजना रहेको छ ।

आमनागरिकमा कोभिड–१९को बारेमा परामर्श दिनु हाम्रा लागि निकै चुनौतिपूर्ण थियो । यसका लागि हामी तयार भएका थियौ । हामी ससाना कुरामानि ध्यान दिन्छौ । हाम्रो यो अभियान जनसमुदायमा लक्षित भएको हुदाँ हजारौ प्रश्न तथा जिज्ञासाका लागि हरपल हामी तयारीमा हुन्छौ । हाम्रा परामर्शले संक्रमितलाई उच्च मनोबल बढाउन तथा आत्म विशवास बढाउन मदत पुग्दछ । परामर्शका लागि आफ्नो दक्षता क्षमता अनुसार अध्ययन गरेर मात्र परामर्श दिन्छौ । हामीलाई हाम्रो सुझाव र परामर्श कहि गल्ती त हुदैन भनेर त्यसमा हामि सधै सजग भएर परामर्श दिन्छौ , ।

यस्तो महामरीको बेला आफुले सहयोग गर्ने पाएकोमा आफुलाई भाग्यमानी ठान्दछु । अस्पतालमा संक्रमित शैया अक्सिजन,भेन्टीलेटर नपाएर छटपटीरहेको देख्दा मनमा खिन्नता हुन्छ तर आफ्नो सानो प्रयासले समयमै सचेत भई सावधानी अपनाएको देख्दा मनमा झन आत्मबल बढछ ।

परामर्शकर्ता भइ सेवा गर्ने पाउनु मेरो लागि नया अवसर हो । मैले यसलाई सिकाईको रुपमा लिएको छु । मेरो सेवा तथा पेशा बाहेक समुदायका हरेक व्यक्तिसँग अनुभव साटासाटा गर्ने पाउंदा र मान्छे खुसी भएको देख्दा मनमा आन्नद आउनुका साथै मेरो जीवनमा सामजिक कार्य गर्न थप उर्जा आउछ ।

कोभिडको यो महामारीमा सबैले आफ्नो ठाउंबाट आफुले सक्दो काम गरेमा महामारी बिरुद्धको लडाई जित्न सकिन्छ भन्ने अभिप्रायले अग्रपंक्तिमा काम गर्ने, PCL–Bachelor in Nursing सकेर घर बसेका, अहिले Bachelor of Master मा अध्यनरत, नर्सिङ Teacher हरु, मिड वाइफ, अनमी र अन्य क्षेत्रमा कार्यरत नर्सहरु मिलेर “कोभिड बिशेष नर्स समुह” बनाएका छौँ । यो समूह विश्वव्यापी कोबिडको महामारीमा सेवा गर्न इच्छुक नर्स हरुको समूह हो। हामी सबै नेपाल नर्सिङ्ग परिषद्बाट लाइसेन्स प्राप्त नर्स हौँ ।

परामर्शका लागि सम्पर्क
–प्रदेश १ मा विद्या बस्नेत ९८४२४९५२०७

–प्रदेश २ सिर्जना चौधरी ९८४५१८४६७८

–बागमती प्रदेश ममता के.सी. ९८४२२९७८७४

–लुम्बिनी प्रदेश सुमित्रा ढकाल ९८४३६९७३०२

–गण्डकी प्रदेश नीतु खड्का ९८६७९४५३८१

–कर्णाली प्रदेशमा मोना दाहाल ९८४११२२९४५

–सुदूरपश्चिम प्रदेशमा मीना चन्द ९८४८७३९४४४

लेखक ममता केसी नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको नर्सिङ्ग उप प्राध्यापक र कोभिड विशेष नर्स समुह बाग्मती प्रदेशको परामर्शकर्ता हुन