-गत साल फैलिएको (कोरोना) महामारीभन्दा अहिलेको फरक छ। लक्षणविहीन धेरै छन् भने लक्षण देखिएका गम्भीर भएर अस्पताल भर्ना भएका छन्।
-बेलायतको नयाँ प्रजातिले बालबालिका तथा युवालाई तुलनात्मक रूपमा धेरै असर गरेको छ।
-बेलायतको प्रजाति गत सालको कोरोना भाइरसभन्दा ७० प्रतिशत धेरै संक्रामक छ।
-दीर्घरोग नभएका व्यक्ति पनि गम्भीर भएर अस्पतालमा छन्।
-गत साल देखिएका कोभिडका लक्षण यसपटक फरक छन्। यसपटक ज्वरो, खोकी नभए पनि पखाला, बान्ता, थकान, बिमिरा आदि लक्षण मात्र भएका व्यक्तिमा पनि कोरोना पुष्टि भएको छ।
-कुनै लक्षण देखियो भने वा संक्रमितसँग भेट भएको अवस्था भए परीक्षण गर्न ढिला नगरौं।
-केही बालबालिकालाई लक्षण नदेखिएर एक्कासि निमोनिया देखिएको र जाँच गर्दा कोभिड पुष्टि भएको छ।
-केही संक्रमितलाई पटकपटक पीसीआर नेगेटिभ देखिए पनि कोभिड निमोनिया भएर फोक्सो ड्यामेज भएको उपचाररत चिकित्सकले बताएका छन्।
-हरेक अस्पतालमा संक्रमितको चाप बढेको छ।
-भारतसँग धेरै देशको हवाई सम्पर्क बन्द छ। दैनिक हजारौं भारतीय नेपाल आएर अरबलगायतका देशमा जाँदैछन्। भारतबाट नेपाल आउने सबैलाई अनुगमन, निगरानी र परीक्षणमा चुक्नु हुँदैन। सीमा नाकामा व्यापक कडाइ, परीक्षण, क्वारेन्टिन, आइसोलेसनको पूर्ण तयारी गर्न ढिला गर्नु हुँदैन।
-संक्रमण थोरै भएका बेला कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन्छ। अहिले कन्ट्याक्ट ट्रेसिङ निकै फितलो छ। मापदण्ड पालनाका लागि सरकार कडा नहुने हो भने योपटकको लहरले ठूलो क्षति गर्ने सम्भावना छ।
-जनस्वास्थ्यका मापदण्डमा कडाइ, अनुगमन, निगरानी तथा जरिवाना नगर्ने देश नेपाल मात्र हो।
-संक्रमण फैलिएपछि दुःख पाउनुभन्दा संक्रमण रोकथामका लागि सरकार र नागरिक अत्यन्तै जिम्मेवार हुन जरुरी छ। गत साल गरेका गल्ती दोहोर्याउनु भएन।
-हामी आम नागरिक अत्यन्तै जिम्मेवार हुन जरुरी छ। हाम्रै लापरबाहीले संक्रमण सर्ने हो। संक्रमित भएर भौतिक, आर्थिक, मानसिकलगायत असर भोग्नुपर्ने हामीले नै हो। तसर्थ हामी अत्यन्तै जिम्मेवार भएर अनिवार्य रूपमा नाक र मुख छोपिनेगरी डबल मास्क लगाऔं। मान्छेबाट मान्छेमा सर्ने भएकाले मान्छेसँग दूरी कायम गर्न नचुकौं।
-जोखिम अवस्थामा विद्यालय बन्द गरेर भए पनि बालबालिकालाई बचाउनुपर्दछ। एक वर्ष पढाइ ढिला भए केही असर होला तर जीवन अमूल्य छ। अनलाइन पढाइको विकल्प छैन। विद्यालयबाट संक्रमण घरघरमा पुग्यो भने अकल्पनीय अवस्था हुन सक्छ।
-धेरै दौडधुप गरेर जोखिम मोल्नुभन्दा सम्भव भएसम्म घरमा बस्ने बानी गरौं। कार्यस्थललाई सुरक्षित बनाऔं।
-सरकारले जारी गरेका सूचना तथा निर्देशन पालना गरौं। आधिकारिक संस्था वा विज्ञको मात्र कुरा सुनौं। भ्रमको पछाडि नलागौं। भ्रम सबैभन्दा घातक महामारी हो।
-पाएसम्म कोरोनाको खोप लगाएर सुरक्षित बनौं। यसका अतिरिक्त इन्फ्लुएन्जा र निमोनियाको खोप पनि लगाऔं।
-पौष्टिक खाना, व्यायाम, निद्रा, सकारात्मक सोंच तथा प्रकृतिको उपभोग नै सबैभन्दा ठूलो इम्युन बुस्टर हुन्।
-नलागुन्जेल कोभिड केही होइन, लागेपछि बर्बाद हो। आईसीयूबाट फर्केका व्यक्तिलाई थाहा हुन्छ, कोभिड के होरु
-देश लकडाउनको बाटोमा जानु हुँदैन। लकडाउनमा नजानका लागि जनस्वास्थ्य मापदण्ड पालना गर्नेरगराउने प्रमुख उपाय हो।
-यो पटक एकदम सिरियस बनौं। डरत्रास, अत्यास मानेर हैन, योजनापूर्वक सतर्क बनौं।
सबैले प्रण गरौं– म संक्रमित हुनेछैन, मेरो परिवार र समाजलाई मैले बचाउनेछु।




प्रतिक्रिया