सिंहदरबारका सात सय कर्मचारीको कोरोना परीक्षण सुरु

सिंहदरबारका सात सय कर्मचारीको कोरोना परीक्षण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सिंहदरबारका करिब सात सय कर्मचारीहरुको पिसिआर परीक्षण सुरु गरिएको छ ।

पछिल्लो समय काठमाण्डु उपत्यकामा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले थप सजगता अपनाएको हो ।

कार्यालय सहयोगी, सवारीचालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने पाँच सयदेखि सात सय कर्मचारीहरूको पिसिआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको छ ।