सुदुरपश्चिम प्रदेशमा थपिए ५७ जना कोरोना संक्रमित

सुदुरपश्चिम प्रदेशमा थपिए ५७ जना कोरोना संक्रमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुदुरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधवार धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा १९ महिला र ३८ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ र डडेल्धुराका चार जनामा संक्रमण पुष्टि भएको हो ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ८४ पुगेको छ ।