काठमाण्डु – सुदुरपश्चिममा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको छ ।
भारतबाट आएका तीन जना युवामा नयाँ प्रकारको कोरोना भाइरस फेला परेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
भारतबाट आएका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये तीन जनामा नयाँ प्रकारको भाइरस फेला परेको उनले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डुमा गरिएको परीक्षणमा कञ्चनपुरका २२ वर्षीय युवक, डडेल्धुराका ३१ वर्षएका पुरुष र डोटीका ३० वर्षीय पुरुषमा नयाँ प्रकारको कोरोना भाइरस पुष्टि भएको हो । स्वास्थ्य अवस्था सामान्य रहेका उनीहरु होम आइसोलेसनमा रहेको प्रवक्ता कार्कीले जानकारी दिए ।




प्रतिक्रिया