काठमाडौं – काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना पोजेटिभ देखिए पनि एक जनामा भने नेगेटिभ देखिएको छ । यसअघि र्यापिड टेष्ट गर्दा तीनैजनाको पोजेटिभ देखिएको भए पनि पीसीआरद्वारा गरिएको परीक्षणमा एकजनाको नेगेटिभ आएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले र्यापिड टेष्टमा पोजेटिभ देखिएका तीनमध्ये दुईजनाको पीसीआरद्वारा पनि पोजेटिभ आएको तर एकजनाको नेगेटिभ आएको जानकारी गराएका छन् । सनसिटीमा गरिएको र्यापिड टेष्टमा बुधबार २९८ जनाकै रिपोर्ट नेगेटिभ आएको थियो ।




प्रतिक्रिया