अब बीस मिनेटमै कोरोना परीक्षण !


काठमाण्डु – सरकारले सोमबारबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा एन्टिजेन परीक्षण सुरु गरेको छ । कोरोना पत्ता लगाउन एन्टिजेन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले जानकारी दिए ।

काठमाडौँ उपत्यकाका कोरोना प्रभावित क्षेत्रमा एन्टिजेन परीक्षण सुरु गरिएको हो । काठमाडौँ महानगरपालिकाका कोरोना जोखिम क्षेत्र पहिचान गरी परीक्षण गरिने भएको छ ।

डा. पाण्डेका अनुसार काठमाडौँ महानगरका कोटेश्वर, विशालनगर, चाबहिल, मित्रपार्क, बालाजु क्षेत्रमा एन्टिजेन परीक्षण गरिनेछ । उनले सोमबार पाँच सय जनाको एन्टिजेन परीक्षण गरिएकोे र २० देखि २५ मिनेटमै कोरोना परीक्षण गरी रिपोर्ट आउने बताए । एन्टिजेनमा पीसीआर जस्तै विधि भएको बताउँदै डा. पाण्डेले घाँटीबाट स्वाब सङ्कलन गरेर परीक्षण गरिन्छ भने । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement