कोरोना स्वमूल्याङ्कन गराउनेमा काठमाडौँका बढी

कोरोना स्वमूल्याङ्कन गराउनेमा काठमाडौँका बढी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शरद शर्मा/काठमाडौं – मोबाइल एप्लिकेशनमार्फत सबभन्दा बढी काठमाडौँ जिल्लाका मानिसले कोभिड–१९ को स्वमूल्याङ्कन गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एप्लिकेशनमार्फत सर्वसाधारण सबैलाई कोभिड–१९ को लक्षण स्वमूल्याङ्कन गर्न सक्ने व्यवस्था गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले काठमाडौँपछि बारा, ललितपुर, रुपन्देही, मोरङ, भक्तपुर, सुनसरी, झापा, कास्की र चितवनका मानिसहरुले मोबाइल एपबाट स्वमूल्याङ्कन गरेका छन् । अहिलेसम्म २८ हजार १२५ जनाले स्वमूल्याङ्कन गरिसकेका छन् । तीमध्ये ३०९ जना रेड जोनमा परेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले बताए ।

यसैगरी प्रदेशस्तरमा सबभन्दा बढी वाग्मती प्रदेशका सर्वसाधारणले स्वमूल्याङ्कन गरेका छन् । त्यसपछि प्रदेश नंं २, प्रदेश नं १, प्रदेश नं ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश छन् ।

मन्त्रालयका प्रवक्ता डा देवकोटाले अहिलेसम्म ५४ हजार ८२६ जनामा कोभिड–१९ परीक्षण गरिएको बताए । तीमध्ये १० हजार पिसिआर र ४४ हजार १९ ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) बाट गरिएका छन् । आरडिटीबाट सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा १२ हजार २८३ जनामा गरिएको छ । प्रदेश नंं १ मा चार हजार ८२८, प्रदेश नंं २ मा पाँच हजार २४९, वाग्मती प्रदेशमा आठ हजार १४, गण्डकी प्रदेशमा चार हजार ९३६, प्रदेश नंं ५ मा पाँच हजार ३२८, कर्णाली प्रदेशमा पाँच हजार १८१ जनामा आरडिटी परीक्षण गरिएको छ ।

यसैगरी अहिलेसम्म २२ हजार ९९ जना क्वारेन्टाइनमा छन् । तीमध्ये प्रदेश नं १ मा दुई हजार २८८, प्रदेश नंं २ मा एक हजार ५१२, वाग्मती प्रदेशमा ३६१, गण्डकी प्रदेशमा ६७६, प्रदेश नं ५ मा १२ हजार १६४, कर्णाली प्रदेशमा तीन हजार ७७९ र सुदूरपश्चिम प्रदेशमा एक हजार ३०९ जना क्यारेन्टाइनमा रहेका छन् ।

प्रवक्ता डा देवकोटाले कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि सामग्रीको मौज्दात रहेको बताउनुभएको छ । बोलपत्र आह्वान गरेर सामग्री तथा औषधि आइरहेकाले मौज्दात रहेको बताए । उनका अनुसार अहिले पनि १० हजार व्यक्तिगत सुरक्षा कवच (पिपिई) रहेको छ ।