२१२ सांसदसहित ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ, ५४ जना छुटे

२१२ सांसदसहित ४४१ जनाको कोरोना रिपोर्ट नेगेटिभ, ५४ जना छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बिहीबार कोरोना परीक्षण गरिएका सांसद र कर्मचारीको रिपोर्ट नेगेटिभ आएको छ ।  बिहीबार संघीय संसदका सांसद र कर्मचारी गरी ४४१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकाअनुसार प्रतिनिधिसभा सदस्य १७९, राष्टिय सभा सदस्य ३३ र २२९ जना कर्मचारी तथा मर्यादापालक गरी जम्मा ४४१ जनाकै रिपोर्ट नेगेटिभ आएको हो ।

बाँकी सांसद, सुरक्षाकर्मी र कर्मचारी गरी ८३ जनाको स्वाब संकलन कार्य शुक्रबार विहान ८ बजे देखि १० बजे सम्म संसद भवनमै गरिएको थियो ।

शुक्रबार राष्ट्रिय प्रयोगशाला टेकु पठाइएकाहरुको साँझसम्म रिपोर्ट आइपुग्नेछ । त्यस्तै ५४ जना सांसद कोरोना परीक्षणबाट बञ्चित भएका छन् ।

उनीहरु काठमाडौं उपत्यकामा नभएका कारण कोरोना परीक्षणबाट छुटेका हुन् । अब उनीहरु आफैं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर कोरोना परीक्षण गर्नुपर्नेछ ।