काठमाडौं – नेपालमा ६ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ को उदयपुरका ६ जना संक्रमित कोरोना जितेर घर फर्किएका छन् ।
विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा उपचार गराएका उनीहरूलाई ३ पटक परीक्षण गर्दा रिपोर्ट लगातार नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
५ चैतमा उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित भुल्के मस्जिदका १३ र त्यसपछि आसपासका १५ जना गरी २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै वीरगञ्जमा नोभेल कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार गरेर घर फर्किएका दुईजनामा फेरि कोरोना पोजेटिभ देखिएको छ ।
उपचारपछि दुईपटक कोरोना जाँच गर्दा नतिजा नेगेटिभ आएपछि वैशाख १४ गते चारजनालाई एकसाथ डिस्चार्ज गरिएको थियो ।
डिस्चार्ज भएकाहरुलाई एक सातापछि फलोअपमा बोलाइएको र कोरोना जाँच गर्दा दुईजनामा पोजेटिभ देखिएको हो ।




प्रतिक्रिया