उदयपुरका ८ जनाले जिते कोरोना, डिस्चार्जको तयारी

उदयपुरका ८ जनाले जिते कोरोना, डिस्चार्जको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – उदयपुरका ८ जना कोरोना भाइरस संक्रमित निको भएका छन् । भुल्केका आठ जना कोरोना संक्रमित निको भएका छन् ।

विराटनगरको कोसी अस्पतालमा उपचाररत भुल्केका ८ जना निकोभ एपछि डिस्चार्जको तयारी गरिएको हो । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् ।

भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनीहरु सबैको स्वास्थ्यअवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।

प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ । त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको छ ।

योसँगै कोरोनाबाट निको हुनेको संख्या २७ पुगेको छ । यसअघि कोसी अस्तपालमा उपचाररत ६ जना संक्रमित निको भएर डिस्चार्ज भएका थिए ।  नेपालमा हालसम्म ९९ जना कोरोना संक्रमित रहेका छन् ।