पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिँए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिँए, ८ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ४८ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५३ हजार १ सय ७ जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म १९ लाख ३७ हजार ७ सय २ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ६४ जना पुगेका छन् ।