काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ५३६ र एन्टिजेन विधिबाट ४ हजार ३० जनामा परिक्षण गर्दा २६४ जनामा कोरोना संक्रमण देखिएको हो ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २७ हजार ७६३ र एन्टिजेनबाट ९६ हजार १७४ जना पुगेको छ ।
यस्तै आज थप २६० जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख ११ हजार २६५ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५८८ पुगेको छ ।




प्रतिक्रिया