शुक्रबार २३५ जनामा कारोना संक्रमण पुष्टि, ४ को मृत्यु

शुक्रबार २३५ जनामा कारोना संक्रमण पुष्टि, ४ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ७ हजार ८८५ पीसीआर तथा १ हजार १९९ एन्टिजेन परीक्षण गर्दा २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर २१२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४ हजार ८७९ सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९४ पुगेको छ ।