कोरोना संक्रमितको संख्या बढ्यो : आइतबार ११६७ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमितको संख्या बढ्यो : आइतबार ११६७ जनामा संक्रमण पुष्टि


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८८४८ र एन्टिजेन विधिबाट ३७८४ जनामा परिक्षण गर्दा १ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ३२ हजार ५२९ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९७ हजार ४१५ जना पुगेको छ । आज थप २२४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १४ हजार २३० जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६०४ छ । नेपालमा पछिल्लो केहीदिन यता कोरोना संक्रमणको दर क्रमिक रुपमा बढ्दै गएको छ ।