बुधबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु

बुधबार ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु


काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभर थप ७ हजार ५५५ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्‍यु भएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ७६४ छ ।