मंगलबार १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

मंगलबार १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड-  नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार १८४ जना र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरी १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर आज थप ५ हजार १०३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्‍यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ८३८ छ ।