काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर २ हजार ३१९ जना कोरोना संक्रमित निको भएका छन् । कुल संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोनाबाट कुल ११ हजार ९०० जनाको मृत्यु भएको छ ।





प्रतिक्रिया