काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पीसीआर विधिबाट ६ हजार ७८२ र एन्टिजेन विधिबाट २ हजार ९७४ जनामा परिक्षण गर्दा ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज देशभर थप १ हजार ६०० जना कोरोना संक्रमित निको भएका छन् । आज देशभर थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९०५ छ ।




प्रतिक्रिया