बिहीबार ५७० जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

बिहीबार ५७० जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट ७ हजार २८ र एन्टिजेन विधिबाट २ हजार ७६१ जनामा परिक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

देशभर आज थप १ हजार ९९३ जना कोरोना संक्रमित निको भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९११ छ ।